गल्फ खेल्दा म्याक्सवेल घाइते, इंग्ल्यान्डविरुद्धको खेल गुमाउने
अहमदाबाद । गल्फ खेल्दा घाइते भएपछि अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय विश्वकपमा इंग्ल्याण्डविरुद्धको खेल गुमाउने भएका छन् । गल्फ कार्टमा झुन्डिएर क्लब हाउसबाट टिम बसमा फर्कने क्रममा उनको हात छुटेर लडेका थिए ।
‘कनकसन’ (मस्तिष्कमा आघात) परेका कारण प्रोटोकल अनुसार उनी ६ देखि आठ दिन निगरानीमा रहनेछन् । अब अस्ट्रेलियाले यस विश्वकपका स्टार खेलाडीको स्थानमा मध्यक्रममा नयाँ खेलाडीलाई टोलीमा समावेश गर्नुपर्नेछ ।
म्याक्सवेलको स्थानमा मार्कस स्टोइनिस वा क्यामरुन ग्रिन टोलीमा भित्रिने अपेक्षा गरिएको छ । त्यस्तै, मार्नस लाबुस्चेनले पनि टोलीमा आफ्नो स्थान पक्का गर्नेछन् ।
यसअघि प्रतियोगितामा म्याक्सवेलले नेदरल्याण्ड्स विरुद्ध ४० बलमा कीर्तिमानी शतक बनाएका थिए भने एडम जाम्पालाई स्पिन बलिङमा सहयोग गर्दै आएका थिए । लगातार चार खेल जित्दै अस्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । टोलीले इंग्ल्याण्डपछि अफगानिस्तान र बंगलादेशको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण