बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
शिक्षा

त्रिविका उपकुलपति  बाँस्कोटाको चार वर्षे कार्यकाल पुरा, सार्वजनिक गरे प्रगति विवरण

बुधबार, १५ कात्तिक २०८०, २२ : ५९
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यकाल पुरा भएको छ । चार वर्षे कार्यकाल पुरा गरेर बिदा हुन लागेका उपकुलपति बाँस्कोटाले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उपकुलपति बाँस्कोटाले आफ्नो कार्यकालमा गर्न सकेका काम, गर्न नसकेका काम, अब गर्नुपर्ने काम लगायतका विषय सार्वजनिक गरेका हुन् । 

तत्कालीन प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले १७ कात्तिक २०७६ सालमा उनलाई चार वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेका थिए । उनको कार्यकाल भोलि असोज १६ गते चार वर्ष पुरा हुँदैछ । आज उनको त्रिविमा अन्तिम दिन हुनेछ । 

उनले आफ्नो कार्यकाल सम्हालेको २५ औँ दिनमा त्रिवि सभामा १५ बुँदे त्रिवि सुधार योजना अघि सारेका थिए । त्यही अनुसार योजनाबद्ध तरिकाले अगाडि बढाएको उनको भनाई छ । 

आफूले त्रिविको भौतिक पूर्वाधारमा सुधार ल्याएको बताएका छन् । चार दशक पुरा गरिसकेका कतिपय जीर्ण संरचनाहरू, तिनमा २०७२ सालको भूकम्पले गहिरो क्षति पुगेको थियो । भूकम्पबाट क्षतिग्रस्त ३७ भवनको जीर्णोद्धार कार्य अघि बढाएको बताए । 

त्यस्तै प्रविधिमैत्री विश्वविद्यालयको रूपमा अघि सारेको बताए । त्रिविलाई प्रविधिमैत्री विश्वविद्यालयको रूपमा स्थापित गर्न विभिन्न कार्यहरू अघि बढाएको उनको भनाई छ । 

त्यस्तै त्रिविबाट अनुसन्धानसम्बन्धी कार्यलाई समेत प्राथमिकतामा राखेर विभिन्न कार्यहरू अघि बढाएको बताए । 

उनले विभिन्न १५ बुँदामा आफ्नो चार वर्षे कार्यकालमा गरेका कार्यहरू सार्वजनिक गरेका हुन् । 

६५ वर्षे इतिहास बोकेको त्रिविका कतिपय विषयवस्तु ऐनद्वारा, कतिपय नियमद्वारा र कतिपय विनियमहरू संशोधन गर्न अपरिहार्य भइसकेको अवस्थामा केही नियम कानुन संशोधन गर्न सफल भएको उनको भनाई छ ।

 

 वास्कोटाको चारवर्षे कार्यकालको प्रगति विवरण

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप