मानव अधिकार आयोगको प्रतिष्ठा जोगियो
बुधबार, १५ कात्तिक २०८०, २२ : २७
काठमाडौँ । अन्ततः राष्ट्रिय मानव अधिकार आयोगको प्रतिष्ठा जोगिएको छ । ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार गानरीको पछिल्लो बैठकबाट आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको छ । सरकार र सरोकारवालाको सहयोगका कारण आयोग घटुवाबाट जोगिएको हो ।
पेरिस सिद्धान्तअनुरूप आयोगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो भने मानवअधिकार संरक्षणसम्बन्धी कानुन संशोधनमा सरकार र आयोग सकारात्मक रहेकाले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको हो । यसअघि गानरीमा नेपाललाई घटुवा गर्न सिफारिस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण