लज्जास्पद हार बेहोर्दै साबिक विजेता युनाइटेड बाहिरियो
ओल्ड ट्राफोड । सन् १९७२ पछि ओल्ड ट्राफोडमा न्युक्यासलविरुद्ध दोस्रो हार बेहोर्दै साबिक विजेता म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरिएको छ । गत वर्षको फाइनलको बदला लिँदै न्युक्यासलले युनाइटेडलाई ३–० ले हराएको हो ।
पहिलो हाफमा मिगुएल अल्मिरोनाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा लेविस हलले टोलीको अग्रता दोब्बर बनाए । ६० मिनेटमा जोई विलकले तेस्रो गोल थप्दै सन् १९९३ पछि युनाइटेडविरुद्ध अवे खेलमा सबैभन्दा ठुलो जीत दिलाए ।
अब न्युक्यासलले अर्को चरणमा स्टामफोर्ड ब्रिजमा चेल्सीको सामना गर्नेछ । चेल्सीले ब्ल्याकबर्नलाई २–० गोलले हराएको छ ।
यता युनाइटेडले सुरुवाती १५ खेलमा ८ वटा खेलमा हार बेहोरेको छ । सन् १९६२–६३ सिजन यता युनाइटेडको यो सबैभन्दा खराब सुरुवात हो । तीन दिनअघि मात्र प्रिमियर लिगमा युनाइटेड चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग ३–० गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण