मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पत्रकारको तलब बढाउन सांसद विकको माग

बिहीबार, १६ कात्तिक २०८०, ११ : ५१
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेस सांसद शान्ति विकले पत्रकारहरुको तलब वृद्धि गर्न माग गरेकी छिन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले श्रमजीवी पत्रकारको तलब बढाउन आग्रह गरेकी हुन् । 

उनले भनिन्–‘देशको चौथो अङ्गको रूपमा रहेको श्रमजीवी पत्रकारले देश र जनता, सरकार अनि समाजमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छन् । विश्वमा के भइरहेको छ पत्रकारकै कारण सञ्चार माध्यमद्वारा सहजै थाहा पाउन सक्छौँ । पत्रकारको आधारभूत आवश्यकता पनि पूरा हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गराई कार्यान्वयन गर्नका लागि सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्दछु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप