पत्रकारको तलब बढाउन सांसद विकको माग
बिहीबार, १६ कात्तिक २०८०, ११ : ५१
काठमाडौँ । नेपाली कांग्रेस सांसद शान्ति विकले पत्रकारहरुको तलब वृद्धि गर्न माग गरेकी छिन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले श्रमजीवी पत्रकारको तलब बढाउन आग्रह गरेकी हुन् ।
उनले भनिन्–‘देशको चौथो अङ्गको रूपमा रहेको श्रमजीवी पत्रकारले देश र जनता, सरकार अनि समाजमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छन् । विश्वमा के भइरहेको छ पत्रकारकै कारण सञ्चार माध्यमद्वारा सहजै थाहा पाउन सक्छौँ । पत्रकारको आधारभूत आवश्यकता पनि पूरा हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गराई कार्यान्वयन गर्नका लागि सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण