मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चक्र बमसहित ९ कलाकार धरौटीमा छुटे

बिहीबार, १६ कात्तिक २०८०, १२ : २९
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । जुवाको खालबाट पक्राउ परेका चक्र बमसहित नौ जना धरौटीमा छुटेका छन् । जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार १५ हजार धरौटीमा छाडेको हो । 

महानगरीय प्रहरी वृत्त सिंहदरबारले गत शनिवार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट (गम्भीर), गणेश विष्ट (गजित) रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए ।

तत्कालीन समयमा प्रहरीले जुवाको खालबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी कुमोध ढुङ्गेलका अनुसार प्रशासनको आदेशअनुसार उनीहरू धरौटीमा छुटेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप