देश टाइटनिक डुबे जस्तै डुब्दैछ : सिके राउत
'चियापानमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु लाचारीपन '
बिहीबार, १६ कात्तिक २०८०, १५ : १३
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे ।
अध्यक्ष राउतले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताए । उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए । उनले अँध्यारो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताए । उनले चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठुला दलको लाचारीपन भएको बताए ।
अध्यक्ष राउतले संसद् यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण