सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यको लागि घातक छन् यी फुड कम्बिनेशन

बिहीबार, १६ कात्तिक २०८०, १५ : ३१
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । हामी दिनहुँ अनेकौँ खानेकुरा खान्छौँ । सँगसँगै खाँदा केही खानेकुरा हाम्रो शरीरका लागि लाभदायक पनि हुन्छन् । जस्तै भिटामिड डी र क्याल्सियम, आइरन र भिटामिन सी आदि ।

तर केही फुड कम्बिनेशन भने यस्तो घातक हुन्छन् कि हाम्रो स्वास्थ्यमा नराम्रो असर पनि पार्न सक्छ, क्षति पुर्याउन सक्छ । यस्ता खानेकुरा खाँदा कहिलेकाहीँ पाचनमा समस्या, पेट फुल्ने, अपच जस्ता समस्या देखिन सक्छन् । हाम्रो लागि घातक यस्तै केही फुड कम्बिनेशनबारे कुरा गरौँ ।

अमिलो खानेकुराको साथमा दूध

सुन्तला, निबुआ जस्तो फलमा एसिड हुन्छ । यी खानेकुराहरुलाई दूधसँगै खाँदा पाचनसम्बन्धी समस्याहरु उत्पन्न हुन सक्छ । यी दुबैलाई एकै पटक सकेसम्म नखानु होला ।

खाना खाने बित्तिकै फलफूल खाने

खाना खाने बित्तिकै फलफूल फिटिक्कै नखानुहोला । खानाबाट हाम्रो शरीरले पहिला नै धेरै क्यालोरी पाइसकेको हुन्छ । यो नपच्दै खाना खाने बित्तिकै फलफूल खाँदा शरीरमा क्यालोरीको मात्रा बढ्छ । यति धेरै क्यालोरीलाई कसरी ‘बर्न’ गर्ने ?

माछा र दूध

माछा गर्मी गराउने खानेकुरा हो, दूध शीतल । दुवै एकैचोटी खाँदा शरीरमा तमसस गुण बढ्छ । शरीरमा केमिकल परिवर्तन हुन्छ । दूध र माछा एकै पटक खाँदा छालामा ‘पिग्मेन्टेशन’को समस्या बढ्नुको कारण पनि यही हो ।

फ्याटयुक्त मासु र पनिर

बोसोयुक्त मासुको साथमा पनिर खाँदा स्याचुरेटेड फ्याट र सोडियमको स्तर निकै बढ्छ । यसले हृदय रोगको खतरा बढाउन सक्छ अनि तपाईँको समग्र स्वास्थ्यमा पनि असर पुर्याउन सक्छ । खानालाई सन्तुलित बनाउन लिन मिट खानुहोस् । अनि पनिर पनि थोरै फ्याट भएको रोज्नुहोस् ।

चिजयुक्त खानेकुरासँगै चिसो पेय

पिज्जाको साथमा कोकलगायत चिसो पेय नखाने को पो होला ? यी दुवै साथसाथ खाँदा मिठो त लाग्छ नै । तर यो कम्बिनेशन तपाईँको स्वास्थ्यको लागि हानिकारक छ । चिज खाँदा मात्रै होइन पीनर खाँदाखेरि पनि चिसो पेय खानु हुँदैन । यसो गर्दा पेट दुख्ने समस्या आउन सक्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप