शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अब यो लोकतन्त्र गयो भने हाम्रै कारणले जान्छ : चित्रबहादुर केसी

बिहीबार, १६ कात्तिक २०८०, १५ : ४७
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले अहिलेको अवस्थामा देशले सङ्घीयता धान्न नसक्ने बताएका छन् ।  बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र गुम्यो भने यसलाई प्राप्त गर्न कठिन हुने उल्लेख गर्दै लोकतन्त्र गए दलहरूकै कारण जाने उल्लेख गरे ।  उनले देशलाई अहिलेको अवस्थामा पुर्याउन बाह्य शक्तिले अन्तरिम संविधानमा देश सङ्घीय लोकतन्त्रमा जाने विषय हालेको बताए । 

सांसद केसीले भने– ‘अहिले लोकतन्त्र, गणतन्त्रमाथि जुन कालो बादल मडारिरहेको छ, यो गुम्यो भने यसलाई प्राप्त गर्न ठुलो सङ्कट पर्छ । हामीलाई थाहा छ नि १७ साल, ५९ सालको अवस्था । मैले पहिलेदेखि नै भन्दै आएको हुँ, यो लोकतन्त्रको खतरा को देखि छ भने हामीबाट नै छ ।’

उनले देशले ८ सय भन्दा बढी सांसद, १ सय ३८ जना मन्त्री पाल्न नसक्ने बताउँदै सङ्घीयता भनेर जनताका कान नखान उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप