अब यो लोकतन्त्र गयो भने हाम्रै कारणले जान्छ : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले अहिलेको अवस्थामा देशले सङ्घीयता धान्न नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र गुम्यो भने यसलाई प्राप्त गर्न कठिन हुने उल्लेख गर्दै लोकतन्त्र गए दलहरूकै कारण जाने उल्लेख गरे । उनले देशलाई अहिलेको अवस्थामा पुर्याउन बाह्य शक्तिले अन्तरिम संविधानमा देश सङ्घीय लोकतन्त्रमा जाने विषय हालेको बताए ।
सांसद केसीले भने– ‘अहिले लोकतन्त्र, गणतन्त्रमाथि जुन कालो बादल मडारिरहेको छ, यो गुम्यो भने यसलाई प्राप्त गर्न ठुलो सङ्कट पर्छ । हामीलाई थाहा छ नि १७ साल, ५९ सालको अवस्था । मैले पहिलेदेखि नै भन्दै आएको हुँ, यो लोकतन्त्रको खतरा को देखि छ भने हामीबाट नै छ ।’
उनले देशले ८ सय भन्दा बढी सांसद, १ सय ३८ जना मन्त्री पाल्न नसक्ने बताउँदै सङ्घीयता भनेर जनताका कान नखान उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण