दीपेन्द्रलाई खेलमा फर्काउन प्रयास भइरहेको छ : प्रशिक्षक देसाई
काठमाडौँ । ओमानसँगको हारपछि नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एशिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भइरहेको बताएका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षकले चोटग्रस्त अलराउण्डर दीपेन्द्रसिंहलाई टोलीमा फर्काउन सबै प्रयास भइरहेको उल्लेख गरेका हुन् । सिंगापुरसँगको पहिलो खेल सुरु हुन लाग्दा अभ्यासका क्रममा घाइते भएका दीपेन्द्रले जारी प्रतियोगिता खेल्न पाएका छैन । उनी केही महिना टोली बाहिर रहने चर्चा पनि चलेको थियो । तर, प्रशिक्षक मोन्टीले दीपेन्द्रलाई टोलीमा फर्काउन धेरै प्रयास भइरहेको धारणा दिएका हुन् ।
दीपेन्द्रले समूह ‘ए’ को अन्तिम खेलमा नेपालले ओमानसँग खेलिरहँदा पनि टियु मैदानभित्र रहेको नेटमा अभ्यास गरिरहेका थिए । त्यसैले दीपेन्द्रसिंह टोलीमा फर्कने सम्भावनाबारे प्रश्न गर्दा प्रशिक्षक देसाईले उनको करियरका लागि धेरै प्रयास भइरहेको बताए । प्रशिक्षक देसाईले अहिले नै दीपेन्द्र खेल्न सक्छ भन्ने अवस्थामा पनि नरहेको स्पष्ट पारे ।
प्रशिक्षक देसाईले हरेक दिन नयाँ प्रतिभा खोज्ने आशा रहने गरेको र आज विवेकको प्रदर्शनले आफूलाई धेरै मनोरञ्जन पनि लिएको धारणा दिए । त्यसैले नयाँ प्रतिभाहरू आउनु नेपाल राम्रो क्रिकेटिङ राष्ट्र रहेको प्रमाणित भएको उनले उल्लेख गरे ।
साथै प्रशिक्षक देसार्ईले लक्ष्य भेटाउन सक्ने खालको भएपनि सफल हुन नसकेको उल्लेख गर्दै विपक्षको बलिङ पनि राम्रो रहेको संकेत गरे । युएर्ईसँगको सेमिफाइनलमा एक पटक फेरि धैर्यता राख्दै राम्रो खेल्ने उल्लेख गर्दै उनले आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको बताए । आजको हारमा कुनैपनि खेलाडी दोषी नरहेको भन्दै उनले खेलाडीहरूको बचाउ पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण