न्यू ब्राण्ड सेरेसको दोस्रो शोरुम अब ललितपुरको थासिखेलमा
काठमाडौँ । विद्युतीय सवारीको न्यु ब्रान्ड ‘सेरेस’ ले आफ्नो दोस्रो बिक्री केन्द्र (शोरुम) ललितपुरको थासिखेलमा सञ्चालनमा ल्याएको छ । सेरेस ईभीका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धिले बिहीबार एक समारोकाबीच नयाँ शोरुम उद्घाटन गरेको हो ।
ललितपुरको थासिखेलमा रहेको अत्याधुनिक सुविधा सम्पन्न शोरुमले आफ्नो सञ्जाललाई थप बलियो बनाएको कम्पनीको दाबी छ । कम्पनीले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेसईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने बताएको छ ।
अग्रज उद्यमीहरू लगायत अन्य महत्त्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु, सिल्भर मुन मोटर्सका अध्यक्ष विष्णु भण्डारीले र निर्देशक यशोदा लक्ष्मी आचार्यले आ–आफ्नो धारणा राख्दै नेपाली अटो जगतमा सेरेस ईभीले नयाँ विकल्प थपेको बताएका छन् ।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त चिनियाँ कम्पनी हो । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको कम्पनीको दाबी छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको कम्पनीको भनाइ छ ।
सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ । सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो । यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा उपस्थिति जनाइसकेको कम्पनीको भनाइ छ । जसमा नेपाल ७१ औँ देश हो ।
नेपालमा कम्पनीले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराएको छ । जसमा सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने तीनवटा भेरियन्टमा उपलब्ध सेरेस मिनी ईभीको मूल्य१३ लाख ९९ हजार रुपैयाँ, १६ लाख ४९ हजार रुपैयाँ र १७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण