अष्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसंख्या बढ्दै
सिड्नी । अष्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसंख्या बढ्दै गएको छ ।
कोभिड–१९ को महामारीका कारण मन्दी आएपछि अर्को देशमा जन्मिएका अस्ट्रेलियाली नागरिकको अनुपात बढेको हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्याङ्कअनुसार, अष्ट्रेलियाको विदेशमा जन्मेको जनसंख्या २०२१ र २०२२ को बीचमा १ लाख ५५ हजार मानिसले बढेको छ ।
जुन ३०, २०२२ सम्म, ७.७ मिलियन अष्ट्रेलियाली बासिन्दाहरू विदेशमा जन्मिएका थिए । जुन कुल राष्ट्रिय जनसंख्याको २९.५ प्रतिशत हो । सन् २०२० र २०२१ को बीचमा अष्ट्रेलियाको विदेशमा जन्मेको जनसंख्याको हिस्सा २९.९ प्रतिशतबाट घटेर २९.३ प्रतिशतमा झरेको छ । यो संख्या सन् १९९९ पछि पहिलो पटक घटेको हो । सन् २०१२ र २०२२ को बीचमा अस्ट्रेलियामा भारतमा जन्मेका व्यक्तिहरू सबैभन्दा छिटो बढ्दो आप्रवासी समूह थिए, त्यसपछि चीनमा जन्मेका र नेपालमा जन्मेका मानिसहरू छन् ।
सन् २०२२ सम्ममा अष्ट्रेलियाको कुल जनसङ्ख्याको २.३ प्रतिशत चिनियाँ मुलका बासिन्दा थिए, जुन २०१२ मा १.८ प्रतिशत थियो । सोही अवधिमा इङ्ल्याण्डमा जन्मेका अष्ट्रेलियाली नागरिकको हिस्सा ४.४ प्रतिशतबाट ३.७ प्रतिशतमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण