शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसंख्या बढ्दै

शुक्रबार, १७ कात्तिक २०८०, १० : १४
शुक्रबार, १७ कात्तिक २०८०

सिड्नी । अष्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसंख्या बढ्दै गएको छ ।

कोभिड–१९ को महामारीका कारण मन्दी आएपछि अर्को देशमा जन्मिएका अस्ट्रेलियाली नागरिकको अनुपात बढेको हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्याङ्कअनुसार, अष्ट्रेलियाको विदेशमा जन्मेको जनसंख्या २०२१ र २०२२ को बीचमा १ लाख ५५ हजार मानिसले बढेको छ । 

जुन ३०, २०२२ सम्म, ७.७ मिलियन अष्ट्रेलियाली बासिन्दाहरू विदेशमा जन्मिएका थिए । जुन कुल राष्ट्रिय जनसंख्याको २९.५ प्रतिशत हो । सन् २०२० र २०२१ को बीचमा अष्ट्रेलियाको विदेशमा जन्मेको जनसंख्याको हिस्सा २९.९ प्रतिशतबाट घटेर २९.३ प्रतिशतमा झरेको छ । यो संख्या सन् १९९९ पछि पहिलो पटक घटेको हो । सन् २०१२ र २०२२ को बीचमा अस्ट्रेलियामा भारतमा जन्मेका व्यक्तिहरू सबैभन्दा छिटो बढ्दो आप्रवासी समूह थिए, त्यसपछि चीनमा जन्मेका र नेपालमा जन्मेका मानिसहरू छन् ।

 सन् २०२२ सम्ममा अष्ट्रेलियाको कुल जनसङ्ख्याको २.३ प्रतिशत चिनियाँ मुलका बासिन्दा थिए, जुन २०१२ मा १.८ प्रतिशत थियो । सोही अवधिमा इङ्ल्याण्डमा जन्मेका अष्ट्रेलियाली नागरिकको हिस्सा ४.४ प्रतिशतबाट ३.७ प्रतिशतमा झरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप