भवन निर्माणमा सहयोग गर्न पार्टी सदस्यलाई जसपाको आह्वान
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यालयको भवन निर्माणका लागि पार्टी सदस्यहरूलाई सहयोग गर्न आह्वान गरेको छ ।
जसपाले पार्टीका सदस्यहरूको नाममा परिपत्र जारी गरी सो आग्रह गरेको हो । जसपाले ललितपुरको रानीबुमा आफ्नो जग्गामा कार्यालय भवन बनाउने निर्णय गरिसकेको छ । सो निर्णय अनुसार भवन निर्माणका लागि पार्टीका कार्यकारिणी सदस्य एवं पूर्व मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा भवन निर्माण समिति गठन भएको छ ।
केन्द्रीय कार्यालय निर्माण सम्बन्धी भौतिक, आर्थिक र व्यवस्थापनलगायत आवश्यक पर्ने सम्पूर्ण कार्यहरू गरी निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माण समितिलाई जिम्मेवारी दिइएको छ ।
यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपालले वरिष्ठ नेता अशोककुमार राईको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको थियो । सो समितिले भवनको नक्सा पास, माटोको परीक्षणलगायतका कार्य गरेर राउतलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण