जसपाले मधेश प्रदेश समितिलाई प्रशिक्षण दिने
शुक्रबार, १७ कात्तिक २०८०, १६ : १६
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सिरहाको लहानमा कात्तिक २० गतेदेखि सुरु हुने प्रशिक्षण तीन दिनसम्म चल्ने जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले बताए । पार्टीले सञ्चालन गरेको तीन महिने अभियानअन्तर्गत यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ मुख्य प्रशिक्षक हुने बताइएको छ । त्यसबाहेक अन्य नेताहरुले पनि प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा प्रदेश समितिका सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरु सहभागी हुने अध्यक्ष यादवले बताए ।
मधेश प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । जसपाले अन्य प्रदेशहरुमा पनि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण