भूकम्प पीडितलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीलाई आह्वान
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले भूकम्प पीडितलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीलाई आह्वान गरेका छन् । शर्माले सरकार र पीडितलाई यो दुःखको घडीमा आवश्यक सहयोगको लागि गैरआवासीय नेपाली संघ तयार रहेको भन्दै यस्तो बताएका हुन् ।
‘राहत उद्धारमा केन्द्रित हुन सरकारलाई अनुरोध गर्दै विगतमा जस्तै विदेशमा बस्ने नेपालीलाई भूकम्प पीडितलाई सहयोग गर्न अनुरोध गर्दछु’, उनले भने, ‘आवश्यक सहयोगको लागि गैरआवासीय नेपाली संघ तयार रहेको जानकारी गराउँछु ।’ यस विषम् परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग जरुरी भएको उनको भनाइ छ ।
शर्माले जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परेर निधन भएकाहरुलाई हार्दिक श्रद्धाञ्जली दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण व्यापक जनधनको क्षति भएको छ । भूकम्प ६.४ म्याग्निच्युडको गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण