भूकम्प पीडितलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीलाई आह्वान

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले भूकम्प पीडितलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीलाई आह्वान गरेका छन् । शर्माले सरकार र पीडितलाई यो दुःखको घडीमा आवश्यक सहयोगको लागि गैरआवासीय नेपाली संघ तयार रहेको भन्दै यस्तो बताएका हुन् ।
‘राहत उद्धारमा केन्द्रित हुन सरकारलाई अनुरोध गर्दै विगतमा जस्तै विदेशमा बस्ने नेपालीलाई भूकम्प पीडितलाई सहयोग गर्न अनुरोध गर्दछु’, उनले भने, ‘आवश्यक सहयोगको लागि गैरआवासीय नेपाली संघ तयार रहेको जानकारी गराउँछु ।’ यस विषम् परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग जरुरी भएको उनको भनाइ छ ।
शर्माले जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परेर निधन भएकाहरुलाई हार्दिक श्रद्धाञ्जली दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण व्यापक जनधनको क्षति भएको छ । भूकम्प ६.४ म्याग्निच्युडको गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...