शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रमा उद्धारको काममा खटिन नेता थपलियाको अनुरोध

शनिबार, १८ कात्तिक २०८०, ११ : १४
शनिबार, १८ कात्तिक २०८०

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले भूकम्प प्रभावित क्षेत्रमा जोखिमप्रति सजग रहदै तत्काल राहत र उद्धारको काममा लाग्न आग्रह गरेका छन् ।  पूर्वअर्थमन्त्री समेत रहेका नेता थपलियाले शनिबार एक अपिल पत्र जारी गर्दै विपतका बेला बेपत्ताहरुको खोजी, घाइतेहरुको उद्धार गरी उपचार तथा भूकम्प प्रभावित नागरिकहरुको उचित व्यवस्थापनमा जुट्न नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरु तथा सम्पूर्ण आम नागरिकहरुमा अपिल गरेका हुन् । 

उनले भूकम्पमा परी कयौं व्यक्तिहरु बेपत्ता भइरहेको, स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीले भरिएको तथा मध्यरातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएकोले स्थानीय स्वास्थ्य संस्थाले थेग्न सक्ने अवस्था समेत नरहेको समेत बताए ।  ‘कार्तिक १७ राती पश्चिम नेपालको जाजरकोट जिल्ला केन्द्रविन्दु बनाई गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुनाउन पुगेका नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै उक्त भूकम्पमा परी घाइते भएकाहरुको  सिघ्र स्वास्थ्यलाभको कामना  गर्दछु ।’ 

‘यस दुःखद घटनामा कयौं व्यक्तिहरु बेपत्ता भइरहेको खबर छ । स्वास्थ्य केन्द्र र अस्पतालहरु बिरामीले भरिएको खबर छ । मध्यराति भूकम्प गएकोले ठूलो मानवीय क्षति भएको हुँदा स्थानीय स्वास्थ्य संस्थाले थेग्न सक्ने अवस्था छैन । यस्तो बेलमा बेपत्ताहरुको खोजी, घाइतेहरुको उद्धार गरी उपचार तथा भूकम्प

प्रभावित नागरिकहरुको उचित व्यवस्थापनमा जुट्न नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरु तथा सम्पूर्ण आमनेपालीजनमा हार्दिक अनुरोध गर्दछु । साथै भूकम्पपछि पराकम्पहरु आइरहनसक्ने जोखिमप्रति सजग रहदै तत्काल राहत र उद्धारको काममा लाग्न सम्बन्धित सम्पूर्णमा अनुरोध गर्दछु ।’ उनले जारी गरेको अपिल पत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप