जाजरकोट भूकम्प
जाजरकोट र रुकुम पश्चिममा थप ४ जनाको मृत्यु, मृतक सङ्ख्या १ सय ३६ पुग्यो
शनिबार, १८ कात्तिक २०८०, ११ : ४१
काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा थप ४ जनाको मृत्यु भएको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर १ सय ३६ पुगेको छ ।
जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् । भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् । घाइतेहरूको उपचारमा काठमाडौँबाट स्वास्थ्यकर्मी घटनास्थलमा परिचालन गरिएको छ ।गम्भीर घाइतेहरुलाई थप उपचारका लागी सुर्खेतका अस्पतालहरूमा रिफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण