सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानले फाइनल खेलको टिकट बिक्रीबापतको आधा रकम भूकम्प पीडितलाई दिने

शनिबार, १८ कात्तिक २०८०, १२ : १७
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार हुने नेपाल र ओमानबिचको खेलको टिकट बिक्रीबापत प्राप्त हुने रकमको पचास प्रतिशत रकम भूकम्प पीडितलाई दिने भएको छ ।

आइसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत आइतबार नेपाल र ओमानबिच फाइनल खेल हुँदैछ ।

क्यानले भूकम्पबाट भएको मानवीय तथा संरचनागत क्षतिले आफूलाई अत्यन्त मर्माहत तुल्याएको जनाएको छ ।

भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्यानले शोकाकुल परिवारमा समवेदनासमेत प्रकट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप