छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका-८ विगही नदीको कच्ची तटबन्धस्थित सडकमा भ्रमरपुराबाट खुट्टा पिपराढीतर्फ जाँदै गरेको प्रदेश ०२-०२-००१ त १९६९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक पिपरा गाउँपालिका-६ रतनपुर टोल बस्ने ३६ वर्षीय राम गुलामको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी महोत्तरीकै जलेश्वर नगरपालिका-६ सानो धवौलीस्थित सडकमा बलबाबाट भिठ्ठामोडतर्फ जाँदै गरेको बिआर ३० बिए २७०३ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार भारत सितामदी घर भएका ५२ वर्षीय देवेन्द्र दासको शुक्रबार बेलुकी मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता सिरहाको सिरहा नगरपालिका-११ विश्वकर्मा चोकमा स.६ प ९७७० नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी भंगाहा सीतापुर घर भएका ३२ वर्षीय बिहारी कापरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकलयात्रीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि नर्सिङ होम बिराटनगर रिफर गरिएको छ ।
धनुषाको मिथिला नगरपालिका-६ ढल्केवर कृषि बजारस्थित सडकमा प्र.१-०१-००१ च ७१५९ नम्बरको कारको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ढल्केवर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता कैलालीको लम्कीचुहा नगरपालिका-६ तिलखामा सु.प.प्र. ०१-०१० प ४३०० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ८४ वर्षीय मानसिंह रावतको मृत्यु भएको छ । गएराति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल लालरत्न लम्की हुँदै मेडिकल क्लेज कोहलपुरमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण