आर्सनलको अपराजित यात्रामा पूर्णविराम, टेन ह्यागलाई राहत
लण्डन । विवादास्पद गोलको मद्दतले न्युक्यासलले आर्सनलको प्रिमियर लिगमा अपराजित यात्रामा पूर्णविराम लगाएको छ । एन्थोनी गोर्डनले ६४ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।
तर, गोल विवादरहित बन्न सकेन । उक्त गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोलअघि बल मैदान बाहिर गएको, फल वा अफसाइड भएको जाँच गरेपछि मात्र त्यसलाई मान्यता दिएको थियो । खेलमा रेफ्री स्टुअर्ट अटवेलको विभिन्न निर्णयहरू पनि विवादास्पद बनेको थियो । पराजयपछि आर्सनल ११ खेलबाट २४ अङ्क बटुल्दै तेस्रो स्थानमा खस्किएको छ । न्युक्यासल २० अङ्कसहित छैटौँ स्थानमा छ ।
शनिबार नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेडले फुलहममाथि सङ्घर्षपूर्ण जीत हासिल गरेको छ । ब्रुनो फर्नान्डेजले इन्जुरी समयमा गोल गर्दै युनाइटेडलाई जीत दिलाए ।
जीतपछि म्यानेजर एरिक टेन ह्यागमाथिको दबाब केही कम भएको छ । ११ खेलबाट युनाइटेडको ११ अङ्क रहेको छ । टोली अङ्क तालिकाको आठौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण