डस्टबिनभित्र नागरिकता
बरू पुरै कण्ठस्थ छ पासपोर्ट नंबर
तर थाहा छैन नागरिकता कता छ
अहंं थाहा छैन नागरिकता कता छ
हुन सक्छ कुनै बाकस भित्रको भित्रतिर
आफ्नो अस्तित्व बिर्सेको
तस्बिर बिर्सेको
हुन सक्छ कुनै जुत्ता राख्ने टेबलमुनि
मोजा को गन्ध संगै
नमिठो दुर्गन्ध दिइरहेको
हुन सक्छ कुनै फोहोरी डस्टपिन भित्र
छोराले फोहोर सोचेर
फोहोरहरु मा मिल्काई दिएको
हुन सक्छ कुनै कवाडीको गोदाममा
नातीले बरफको निम्ति
बिक्रि गरिदिएको
अं सांच्चै कता कता हराए हराए
मेरो देशले दिएका कागज
कतै देख्नु भयो भने तपाईंले
नभनि दिए पनि हुन्छ
कतै भेट्नु भयो भने तपाईंले
फिर्ता नदिए पनि हुन्छ
यहां दिन नसकेपछि
राष्ट्रिय परिचय पत्रले परिचय
आफै बेपत्ता हुन पुगेको हो
राष्ट्रिय परिचय पत्र
विदेश श्रमिक परिचय पत्र
घांटीमा झुण्डिएपछि
विवशताले झुण्डिएर मर्न पुगेको हो
देशको राष्ट्रिय परिचय पत्र
पहिले जनयुद्धले अहिले भोक युद्धले
कमजोर हुँदै मुल्यहिन् हुँदै
अहिले डस्टपिन भित्र पुगेको हो
विचरा नागरिकता ।
सुर्खेत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण