एकीकृत समाजवादीको सचिवालय बैठक सर्यो
आइतबार, १९ कात्तिक २०८०, १५ : ४८
काठमाडौँ । आज (आइतबार)का लागि बोलाइएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोली (सोमबार) बस्नेगरी सरेको छ ।
गृहकार्य नपुगेको भन्दै आइतबारका लागि निर्धारित बैठक सोमबार बस्नेगरी सरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘छलफलका विषयहरु महत्त्वपूर्ण भएको र गृहकार्य अपुग भएकाले सोमबार बिहान साढे ८ बजे पार्टी कार्यालयमा बस्नेगरी मिति सरेको छ’, प्रमुख खतिवडाको भनाइ छ ।
बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशन र सरकारका कामकारवाहीबारे छलफल हुने नेताहरुले बताएका छन् ।
त्यसबाहेक अन्तरपार्टी निर्देशन (अपानी–११) का बारेमा समेत छलफल गर्ने नेताहरुको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण