शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन सम्बद्ध सङ्घ–संस्थाहरूले संयुक्त भूकम्प पीडित राहत कोष स्थापना गर्ने

आइतबार, १९ कात्तिक २०८०, १७ : ३२
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ। पर्यटन सम्बद्ध सङ्घ–संस्था तथा अभियानले पश्चिम नेपालका भूकम्प पीडितहरूका लागि संयुक्त राहत कोष स्थापना गर्ने भएका छन् । आइतबार राजधानीमा बसेको पर्यटन सम्बद्ध सङ्घ संस्थाहरू हान, नाट्टा, टान, एनएमए, नारा, एओएएन, स्कल नेपाल, एनटीभीए, टीवान, पाटा नेपाल च्याप्टर, वर्ल्ड टुरिजम नेटवर्क नेपाल च्याप्टर लगायतका सङ्घ संस्थाहरूको संयुक्त अभियान टूगेदर फर टुरिजम (टीएफटी) ले जाजरकोट लगायतका क्षेत्रका भूकम्प पीडितहरूका लागि संयुक्त राहत कोष स्थापना गर्ने निर्णय गरेका हुन् ।

साथै, भूकम्प प्रभावित क्षेत्रका व्यक्ति तथा परिवारलाई छिटो राहत पुर्याउन सरकार तथा सम्बन्धित निकायसँगको सहकार्य र समन्वयमा छिटोभन्दा छिटो सहयोग पुर्‍याउने निर्णय समेत सङ्घ संस्थाहरूले गरेका छन् ।

२०८० कात्तिक १७ गते मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका कारण ठुलो धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै पर्यटन सम्बद्ध संघ संस्थाहरुले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन् । भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटन सम्बन्धी सिप अभिवृद्धि  तालिम सञ्चालन गरी अर्न एन्ड लर्नको अवधारणा अन्तर्गत कार्यक्रमहरू सञ्चालन गर्ने समेत व्यवसायीहरू उल्लेख गरेका छन् ।

भूकम्पबाट प्रभावित क्षेत्र राजधानी काठमाडौँ भन्दा करिब ५ सय किमी पश्चिममा रहेको र उक्त स्थानमा पर्यटनसँग सम्बन्धित प्रत्यक्ष गतिविधिहरू कम हुने भएको हुँदा यस प्रकोपका कारण नेपालको मुख्य पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी लगायत समग्र पर्यटन क्षेत्र न्यून रूपमा प्रभावित भई सुरक्षित रहेको पर्यटन सम्बद्ध संस्थाहरूले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप