कोहलीको कीर्तिमानी सतकसँगै भारतले दक्षिण अफ्रिकालाई दियो ३२७ रनको लक्ष्य
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको आइतबार खेलिएको खेलमा भारतले बलियो दक्षिण अफ्रिकालाई जितका लागि तीन सय २७ रनको लक्ष्य दिएको छ । कोलकातास्थित इडेन गार्डेन स्टेडियममा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय २६ रन बनाएको हो ।
भारतका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले एक सय २१ बलको सामना गरी अविजित एक सय एक रनको योगदान गरे । भारतीय टोलीका पूर्वकप्तान समेत रहेका कोहलीले निकै समालिएर ब्याटिङ गरेका थिए । यसअघि विराटले दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय १९ बलको सामना गरी सतक पुरा गरेका थिए । यस क्रममा उनले १० वटा चौका पनि हिर्काएका थिए । उनले खेलको ४८.३ ओभरमा कागिसो राबडाको बलमा सतक पुरा गरेका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको खेल जीवनको कीर्तिमानी सतक पनि हो । यही सतकसँगै उनले आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गरेका छन् । कोहलीले एकदिवसीय क्रिकेटमा प्रहार गरेको यो ४९औँ सतक हो । सचिनले पनि सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक प्रहार गरेका थिए । अब कोहलीले यही विश्वकपमा अर्को सतक प्रहार गर्दै सचिनको कीर्तिमान तोड्ने सम्भावना पनि बढेको छ ।
विराटका अतिरिक्त भारतका लागि चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि उत्कृष्ट अर्धसतकीय योगदान गरे । उनले टोलीको खातामा ७७ रन थपे । उनले पेभेलियन फर्किनुअघि ८७ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए । भारतका लागि कप्तान रोहित शर्माले पनि आक्रामक पाली खेल्दै ४० रन बनाए । उनले केवल २४ बलमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । अर्का ओपनर शुभमन गिल भने २३ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
विकेटकिपर ब्याट्सम्यान केएल राहुल आठ रन बनाउँदै आउट भए । सूर्यकुमार यादबले पनि टोलीको खातामा १४ बलमा पाँच चौकाको मद्दतले २२ रन थपेका थिए । रविन्द्र जडेजाले पनि अविजित २९ रन बनाए । उनले १५ बलमा एक छक्का र तीन चौका हिर्काए । भारतले अतिरिक्त रुपमा पनि २६ रन पाएको थियो । दक्षिण अफ्रिकाका बलर लुइजी एनगिडी, मार्को जानसेन, कागिसो राबडा, केशव महाराज र ताब्रियास साम्सीले एक—एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण