तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुका फूल कृषकहरू मखमली टिप्न व्यस्त छन्। बिहानैदेखि कृषकहरू मखमली टिप्न बारीमा पुग्ने गरेका छन्।
मखमली फूल टिपेर उनीहरूले माला पनि उन्न सुरु गरिसकेका छन् । बिहान फूल टिपेर दिनभरि माला उन्नमा व्यस्त हुन्छन्। मखमलीको पकेट क्षेत्र मानिने गुण्डुको मुख्य आएको स्रोत नै फूलको व्यापार हो ।
किसानहरू एक/अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन् । नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौँ) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए । फूलकै माध्यमबाट गाउँमै राम्रो आयआर्जन भएको स्थानीय बताउँछन् । तिहारको समय भएकाले फूल र माला बेच्नको लागि बजार धाइराख्नु नपर्ने उनीहरुको भनाइ छ । घरमा त्यत्तिकै बसिरहनु भन्दा घरमा नै बसेर कुनै काम गर्दा खर्चका लागि पैसा जुट्ने उनीहरु बताउँछन् ।
_KjmfCF0byt.jpg)
_PcWR5KrbtJ.jpg)
_r118fU7XtM.jpg)
_pcfctWfrlH.jpg)
_36d6PESITY.jpg)
_ww2oY07iFN.jpg)
_6VE3HOMYKU.jpg)
_Tim9eXpLIQ.jpg)
_B9KAYOfxFp.jpg)
_8UIYWE5asm.jpg)
_5Vb7byGbxr.jpg)
_or3PQAm3Dq.jpg)
_XwnrYFWCHT.jpg)
_s3sCDr0uD8.jpg)
_xCw9SZoJ2v.jpg)
_bkIKXIit3N.jpg)
_RwruSivCXn.jpg)
_UeSFfqNjK9.jpg)
प्रतिक्रिया