कामना सेवाद्वारा विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने शुभ अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ ।
बुटवल, भैरहवा सुनौली सडकखण्डका विभिन्न स्थानहरूमा उक्त बोर्डहरू राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवाका प्रहरी निरीक्षक बजिर सिंह विष्टले बताए । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुसाल लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै गरी बैंकले आफ्ना सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी कार्यालय, वालिङलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । स्याङ्जा जिल्ला, वालिङ क्षेत्रका विभिन्न स्थानहरूमा उक्त बोर्डहरू राखिने बैंकले जनाएको छ । बैंकका पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख विष्णु प्रसाद गौतमले उक्त बोर्डहरू ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका थिए ।
बैंकको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुटवल हिलपार्क स्थित कामना सेवा पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । स्वच्छ वातावरण र हरियालीलाई संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त पार्कलाई कामना सेवा विकास बैंकले संरक्षण र प्रवर्द्धन गर्दै आएको छ । उक्त सरसफाइ कार्यक्रममा बुटवल क्षेत्रका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गरिरहेको छ । बैंकले गत शुक्रबारदेखि विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ । आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण