बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाबा बैजुनाथ सुगर मिल्स सञ्चालनमा

सोमबार, २० कात्तिक २०८०, १२ : २५
सोमबार, २० कात्तिक २०८०

रौतहट । जिल्लामै ठूलो उद्योगको रूपमा कटहरिया नगरपालिका–९ डुमरियामा बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इन्डस्ट्रिज सञ्चालमा आएको छ। आइतबार विधिवत रुपमा मिलको डोंगा पूजा गरिएसँगै आजदेखि चिनिमिल सञ्चालनमा आएको हो।  ब्राहमण द्वारा हिन्दू परम्परा अनुसार मन्त्रोच्चारण सहित मिलका निर्देशक अभय प्रकाश जैसवाल दम्पतीले दोंगा पूजा गरेका थिए।

उखु क्रसिङ गर्नु अघि खरिद गरिएको उखु राख्ने ठाउँलाई मिल्सको भाषामा डोंगा भन्ने गर्दछन्। पूर्ण वसधि विधान अनुसार डोंगालाई पुजा गरेर मिल सञ्चालन गरेमा वर्षभरि  बिना बाधा राम्ररी सञ्चालन हुने धार्मिक मान्यता रहेको पाइन्छ। 

मिल सञ्चालनको क्रममा आइतबार सबैभन्दा पहिले मिलमा उखु ल्याएका कटहरिया ३   का एकजना किसान   सोगारथ बैठा लाई निर्देशक अभय प्रकाश जैसवालले सम्मान गरेका थिए। 

FB_IMG_1699176151019

बाबा बैजुनाथ चिनिमिल सञ्चालन भएदेखि नै घाटा बेहोर्दै आएपनि यस पटक १५ लाख क्वीन्टलभन्दा बढी उखु क्रसिङ गर्ने लक्ष्य सहित सञ्चालन गरिएको चिनिमिल सञ्चालन समितिका अध्यक्ष बैजु बाबराले बताएका छन्। उनले विविध कारणले गत वर्ष मात्र सात लाख कुईन्टल क्रसिङ गरी बन्द भएको थियो । गत वर्ष क्रसिङ भएको उखु बापतको किसानलाई सम्पूर्ण भुक्तानी भइसकेको उनले बताएका छन् । 

नेपाल सरकारले दिँदै आएको अनुदानको केही बक्यौता रकम केहीदिन भित्रै भुक्तानी गराउने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष बाबराले जानकारी दिएका छन्। साथै यस सिजनमा उखु खेती गर्ने किसानको सुविधाको सुविधा स्वरूप मिलले मलखाद , बीउ तथा ऋण स्वरूप खेती अनुसारको केही रकम समेत दिने योजना रहेको छ। समयमा उँखुको भुक्तानी नपाएर विगतमा उखु खेती गर्न छोडिसकेका दर्जनौँ किसानहरू मिलले नियमित भुक्तानी दिनथाले पछि पुनः उखु खेती गर्ना थालेको उनले बताए। यस सिजनमा पनि मिलमा चालान हुने उँखुको निर्धारित समयभित्र भुक्तानी तालिका अनुसार भुक्तानी दिने योजना अनुसार मिल सञ्चालन गरिएको अध्यक्ष बाबराले प्रतिबद्धता जनाएका छन् ।

बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डस्ट्रीज कटहरिया ९ डुमरियाका जिएम सियाराम साहले मिल सञ्चालनको पहिलो चरण आजदेखि उखु ल्याउन किसानलाई चालान पुर्जी वितरण सुरुभएको बताएका छन्। यस सिजनमा लक्ष्य अनुसारको उखु ल्याउनको लागि रौतहटका साथै छिमेकी जिल्लाहरू बारा र सर्लाहीका किसान तथा स्थानिय प्रशासनसंग सहमतिको लागि पहल भइरहेको जिएम साहले जानकारी दिएका छन्। लक्ष्य अनुरूप उखु क्रसिङ गर्न सकेमा व्यवसायिक दृष्टिकोणले सञ्चालन गरिएको चीनी मिल कुनै पनि हालतमा घाटामा नजाने जिएम साहले विश्वास ब्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप