सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । दाङ र चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका-८ सतबरियामा मुगुबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३३ प ३६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय भिनसेन थारूको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि भेरी अस्पताल नेपालगन्ज बाँके रिफर गरिएको छ भने मोटरसाइकलमा सवार १ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् ।
यता चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडी पुल छेउमा बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु.२ ख १७७८ नम्बरको बसको ढोकाबाट लडेर बसमा सवार पाल्पा अर्गेनी घर भएका २६ वर्षीय अशोक भट्टराईको सोमबार दिउँसो मृत्यु भएको छ । बसबाट लडेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण