आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राति यस्ता बानीले बढ्ला पेट र मोटोपन

सोमबार, २० कात्तिक २०८०, १४ : ४३
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । पछिल्लो समय मोटोपना विश्वभर सबैभन्दा ठूलो स्वास्थ्य समस्या बन्दै गइरहेको छ । जीवनशैली, खानपान आदिमा परिवर्तन आएसँगै नेपालमा पनि मोटोपनाको समस्या बढेको छ । 

आफ्नो पेटमा बोसो नलागोस् वा लागेको बोसो कम होस् भन्ने तपाई चाहनु हुन्छ ? आफ्नो लाइफस्टाइलमा यी चार कुराहरु हटाएर पेटको बोसो कम गर्न सक्नु हुनेछ ।

१. तपाई रातिको खाना कति बेला खानु हुन्छ ? अबेर रात खाना खाने बानी छ भने तत्कालै यो बानी फेर्नुस् । यसले पनि तौल बढाउने खतरा छ । राति शरीरको मेटाबलिज्म सुस्त हुन्छ । क्यालोरी बर्न गर्न मुस्किल हुन्छ । यसले गर्दा तौल बढ्न थाल्छ ।

२. दूधमा टन्नै क्यालोरी हुन्छ । यो शरीरका लागि फादाजनक पनि छ । तर अधिकांशको बानी राति सुत्नुअघि दूध खाने हुन्छ । यसो गर्दा शरीरमा क्यालोरीको मात्रा बढ्छ । यसले पेटको बोसो बढ्ने खतरा हुन्छ । त्यसैले सुत्नुअघि दूध खाने हो भने दुई तीन घण्टा पहिला नै खानुहोस् ।

३. राति सुत्नुअघि लगातार मोबाइलको स्क्रिनमा स्क्रोल गरिरहँदा निद्रा बिग्रिन्छ । यसले शरीरको हर्मोन्स डिष्टर्ब हुन्छ । यसले उल्टै शरीरको मेटाबोलिज्म सुस्त हुन्छ । अनि तौल बढ्न थाल्छ । हरेक रात सातदेखि आठ घण्टा पूरै निदाउने भन्दा कम निदाउनेहरुमा तौल बढ्ने जोखिम उच्च हुने टन्नै प्रमाण भेटिएका छन् ।

४. केही मान्छेमा खाने बित्तिकै पल्टिने वा सुत्ने बानी हुन्छ । तर खाना खानेबित्तिकै पल्टिहाल्नु हुँदैन । यसो गर्दा भोजन राम्ररी पच्दैन । यसले पनि पेटको बोसो बढाउने खतरा हुन्छ । त्यसैले सुत्नुभन्दा २÷३ घण्टा पहिले खाना खानुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप