कुन होला यस वर्षको सर्वाधिक नाफा कमाउने बलिउड फिल्म ?
मुम्बई । यो वर्षको अहिलेसम्मको अवधि बलिउडको लागि भाग्यशाली साबित भएको छ । गएको वर्ष एकपछि अर्को गर्दै फ्लप फिल्म झेल्नु परेको बक्स अफिसले यो वर्ष अल टाइम ब्लकबष्टर फिल्म पायो । यो वर्ष बलिउडमा शाहरुख खानको दबदबा रह्यो । ४ वर्षपछि यो वर्ष उनी ठूलो पर्दामा फर्किए । उनको यो पुनरागमन शानदार रह्यो ।
उनले बलिउडलाई यो वर्षको पहिला अल टाइम ब्लकबष्टर फिल्म पठान दिए । पठानबाट यो वर्ष बलिउडले राम्रो सुरुआत गर्यो । पठानपछि अन्य कयौँ फिल्म पनि बक्स अफिसमा आफूलाई सफल साबित गराए । शाहरुखको दोस्रो फिल्म जवानले कमाइको मामिलामा पठानलाई नै उछिन्यो । सनी देवलको गदर २ ले पनि बक्स अफिसमा तहल्का मच्चायो । तर यो वर्ष बलिउडको सबैभन्दा मुनाफा कमाउने फिल्म यो तीन ओटै होइन ।
शाहरुखको पठानको वल्र्डवाइड कमाई कूल १० अर्ब ५० करोड ४० लाख रुपैयाँ थियो । फिल्म बनाउन मेकरहरुले करिब २ अर्ब २५ करोड रुपैयाँ खर्च गरेका थिए । अर्थात् यो फिल्मको मुनाफा ४ गुणा भयो । जवानको वल्र्डवाइड कमाई ११ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ थियो । फिल्मको कुल बजेट ३ अर्ब थियो । अर्थात् यो फिल्मको मुनाफा पनि करिब ४ गुणा नै रह्यो । अब कुरा गरौँ शनी देओलको गदर २ को । यसले बक्स अफिसमा कूल ५ अर्ब २४ करोड ७५ लाख रुपैयाँ कमायो । फिल्मको बजेट जम्मा ६० करोड रुपैयाँ थियो । अर्थात् फिल्मको मुनाफा करिब ८ देखि ९ गुणा रह्यो ।
त्यसो भए कुन हो त यो वर्षको सबैभन्दा धेरै नाफा कमाउने फिल्म ? दक्षिण भारतीय अभिनेत्री अदा शर्माको द केरल स्टोरीको कुल बक्स अफिस कलेक्शन ३ अर्ब ३ करोड ९७ लाख रुपैयाँ थियो । यो फिल्म बनाउन निर्माताहरुले जम्मा १५ देखि २० करोड रुपैयाँ खर्च गरेका थिए । यो हिसाबले हेर्दा केरल स्टोरीका मेकरहरुले १५ देखि २० गुणा मुनाफा कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण