इसेवाद्वारा क्यानलाई मेडिकल किट प्रदान
काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ । इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो ।
क्यानलाई मेडिकल किट इसेवाका, प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रबी शाक्यले हस्तान्तरण गरे । कार्यक्रममा खेलाडी सोमपाल कामी र आशिफ शेखलाई नगद रू ५० हजार हजारका दरले उपहार पनि हस्तान्तरण समेत गरिएको थियो । सो उपहार खेलाडीहरुले एसिया कपमा गरेको प्रदर्शनको आधारमा दिइएको थियो।
इसेवाले जहिले पनि नेपाली खेलकुदको प्रवद्र्धन गर्नका लागि विभिन्न किसिमका सहयोग उपलब्ध गराउँदै आएको छ । नेपाल र नेपानी खेलकुदलाई माथि उठाउन इसेवाले आफ्नो सिएसआर रकम मार्फत निरन्तर सहयोग प्रदान गर्दै आएको छ ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।
इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा ४ लाख भन्दा बढी मर्चेन्ट क्यू-आर सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण