कामना सेवाको वार्षिकोत्सव : रक्तदानसहित विभिन्न कार्यक्रम आयोजना
काठमाडौँ। कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरूमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५६ पिन्ट, कोशी प्रदेशको विराटचोक शाखामा भएको रक्तदान कार्यक्रममा ४० पिन्ट, मधेश प्रदेशको विरगञ्ज शाखामा भएको रक्तदानमा २३ पिन्ट, बर्दिबास शाखामा भएको रक्तदानमा ३० पिन्ट, नारायणगढ क्षेत्रको खैरहरी पर्सा शाखामा भएको रक्तदानमा ११० पिन्ट, पोखरा क्षेत्रको प्रस्र्याङ्ग शाखामा भएको रक्तदानमा ४६ पिन्ट र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदानमा ३६ पिन्ट रगत सङ्कलन भएको बैंकले जनाएको छ । सोही कार्यक्रम अन्तर्गत गत शनिवार बुटवल क्षेत्रको बुटवल शाखामा भएको रक्तदानमा ७६ पिन्ट रगत सङ्कलन भएको थियो । यसरी बैंकले कुल ४१७ पिन्ट रगत सङ्कलन गरेको जनाएको छ ।
वार्षिकोत्सवकै कार्यक्रम अन्तर्गत बैंकले कोशी प्रदेशको विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा रु.५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति समेत प्रदान गरेको छ । उक्त छात्रवृत्ति रकम क्याम्पसको व्यवस्थापन सङ्कायमा अध्ययनरत १० जना जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गरिने क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोख्रेलले बताए ।
बैंकले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गरिरहेको छ । बैंकले गत शुक्रवारदेखि विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ । आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण