शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोरला नाका कात्तिक २७ देखि खुल्ने

मङ्गलबार, २१ कात्तिक २०८०, १० : ४५
मङ्गलबार, २१ कात्तिक २०८०

पोखरा । नेपाल चीन सीमामा पर्ने कोरला नाका कात्तिक २७ गतेदेखि खुला हुने भएको छ । चिनियाँ पक्षले २७ गते विशेष कार्यक्रम मार्फत उद्घाटन हुने बताइएको छ । 
चीन सरकारले उद्घाटनको लागि नेपाली पक्षलाई आमन्त्रण गरेको छ । `यो खुसीको खवर हो । चीन पक्षले मुस्ताङको दुई पालिकालाई खवर आएको छ,´ लो घेकर दामोदर कुण्डका अध्यक्ष राजु विष्टले भने । 
नाका उद्घाटनअघि नै यहाँका नागरिकलाई सीमा प्रवेश पास वितरण भैसकेको छ । केही पास वितरणको क्रममा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप