शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी - ग्लेन म्याक्सवेल (अस्ट्रेलिया)

मङ्गलबार, २१ कात्तिक २०८०, १० : ५५
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । जारी एकदिवसीय विश्वकपमा मंगलबार अस्ट्रेलियाले अफगानिस्तानको सामना गर्दैछ । यो विश्वकपमा अप्रत्यासित नतिजा निकाल्दै आएकाले पाँच पटकको उपाधि विजेता अस्ट्रेलिया पनि अफगानिस्तानसँग त्रसित देखिएको छ । 

मंगलबार हुने खेलमा अफगानिस्तानलाई हराउन सके अस्ट्रेलिया यो विश्वकपको सेमिफाइनलमा पुग्ने तेस्रो टोली बन्नेछ । त्यसैले आफ्नो टोलीका सबैभन्दा अनुभवी खेलाडीमध्येका एक ग्लेन म्याक्सवेलसँग यो खेलमा अस्ट्रेलियाले निकै भरोसा गरेको छ । 

३५ वर्षीय म्याक्सवेल टोलीका अलराउन्डर खेलाडी हुन् । उनको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्ष उत्कृष्ट रहँदै आएको छ । यो विश्वकपमा पनि यी अनुभवी अलराउन्डरले टोलीका लागि गतिलो प्रदर्शन गर्दै आएका छन् ।  

उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा दुई विकेट लिएका थिए । श्रीलंकाविरुद्धको खेलमा पनि उनले एक विकेट हात पारेका थिए भने अविजित ३१ रन पनि बनाएका थिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा उनले टोलीका लागि केवल ४४ बलमा अविजित एक सय ६ रनको योगदान गरेका थिए । 

यसका अतिरिक्त न्युजिल्यान्डविरुद्धको खेलमा उनले २४ बलमा ४१ रन बनाएका थिए भने एक विकेट पनि हात पारेका थिए । समग्रमा यो विश्वकपमा आफ्नो टोलीलाई सेमिफाइनल प्रवेशको सँघारसम्म पुर्‍याउन म्याक्सवेलले गतिलो प्रदर्शन गरेका छन् । 

यी दाहाँहाते ब्याट्सम्यानले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले हालसम्म एक सय ३५ एकदिवसीय प्रतियोगिता खेलेका छन् । एकदिवसीय खेलको एक सय २४ पालीमा उनले ३३.८६ को औसतले कुल तीन हजार ६ सय ९१ रन बनाएका छन् । 

एकदिवसीय खेलमा उनले तीन शतक र २३ वटा अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर एक सय आठ रन हो । एकदिवसीय खेलमा म्याक्सवेलले ८३ वटा क्याच पनि लिएका छन् ।

टेस्ट क्रिकेटमा पनि उनले सात खेल खेल्दै कुल तीन सय ३९ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय चार रन हो । यसका अतिरिक्त टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले २८.४० को औसतले कुल दुई हजार एक सय ५९ रन बनाएका छन् । 

टी—२० मा उनले तीन शतक र १० वटा अर्धशतक पनि बनाएका छन् । टी—२० मा उनको उच्च स्कोर अविजित एक सय ४५ रन हो । यसैगरी बलिङतर्फ पनि उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ६८, टेस्टमा आठ र टी—२० अन्तर्राष्ट्रियमा ३९ विकेट पनि लिइसकेका छन् । 

बलिङतर्फ एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ४० रन खर्चिएर चार विकेट हो । टेस्टमा उनको उत्कृष्ट प्रदर्शन एक सय २७ रन दिएर चार विकेट हो । टी—२० अन्तर्राष्ट्रियमा भने उनको उत्कृष्ट प्रदर्शन १० रन दिएर तीन विकेट हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप