‘मेयर’को तयारीमा जुटे दीपेन्द्र
काठमाडौँ । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ अहिले प्रदर्शनरत छ । गत ४ कार्त्तिकबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्मले राम्रो व्यवसाय गर्न सफल भएको छ ।
एक फिल्म प्रदर्शनरत रहेकै समय निर्देशक खनाल भने नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनी अहिले फिल्म ‘मेयर’ बनाउने तयारीमा जुटेका हुन् । जसको प्रि प्रोडक्सन कार्य भइरहेको छ ।
तिहार लगतै छायाङ्कनमा निस्कने फिल्मको अहिले कलाकार छनौट भइरहेको छ । फिल्मको कलाकार रु प्राविधिक पक्ष एक कार्यक्रम सहित सार्वजनिक गर्ने निर्माण युनिटले जानकारी दियो । देशका एक चर्चित मेयरबाट प्रभावित भएर फिल्म निर्माण हुन लागेको पनि चर्चा छ । ‘मेयर’पछि दीपेन्द्रले आफ्नो सफल फिल्म ‘आमा’को दोस्रो शृङ्खला निर्माण गर्नेछन् ।
हुन दीपेन्द्र अहिले हिट फिल्म ‘आमा’को सिक्वेल ‘आमा २’को तयारीमा पनि छन् । उनी स्वयंको लेखन तथा निर्देशन रहने फिल्मको निर्माण शर्मिला पाण्डेले गर्नेछिन् । केही दिनअघि दुवैले भिडियो सन्देशमार्फत फिल्म ‘आमा २’ निर्माण घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण