कांग्रेस गण्डकी प्रदेशसभा सदस्यहरूले १५ दिनको तलब सहयोग गर्ने
मङ्गलबार, २१ कात्तिक २०८०, १२ : ४५
काठमाडौँ । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्यहरूले जाजरकोट भूकम्पका पीडितहरूलाई १५ दिन बराबरको तलब सहयोग गर्ने भएका छन् । कांग्रेस गण्डकी प्रदेश संसदीय दलको पदाधिकारी बैठकले सो रकम नेपाली कांग्रेस केन्द्रीय राहत कोषमार्फत भूकम्प पीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको हो ।
गत कार्त्तिक १७ गते राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षति प्रति दलले गहिरो दुःख व्यक्त गरेको । भूकम्पमा परि मृत्युवरण गरेकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै भूकम्प प्रभावितहरूलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग बैठकले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण