कांग्रेस गण्डकी प्रदेशसभा सदस्यहरूले १५ दिनको तलब सहयोग गर्ने
मङ्गलबार, २१ कात्तिक २०८०, १२ : ४५

काठमाडौँ । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्यहरूले जाजरकोट भूकम्पका पीडितहरूलाई १५ दिन बराबरको तलब सहयोग गर्ने भएका छन् । कांग्रेस गण्डकी प्रदेश संसदीय दलको पदाधिकारी बैठकले सो रकम नेपाली कांग्रेस केन्द्रीय राहत कोषमार्फत भूकम्प पीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको हो ।
गत कार्त्तिक १७ गते राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षति प्रति दलले गहिरो दुःख व्यक्त गरेको । भूकम्पमा परि मृत्युवरण गरेकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै भूकम्प प्रभावितहरूलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग बैठकले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता