गण्डकी : कांग्रेसका मन्त्री र सांसदले १५ दिनको तलब भूकम्प पीडितलाई दिने
मङ्गलबार, २१ कात्तिक २०८०, १३ : २४
पोखरा । गण्डकी प्रदेशका कांग्रेसका मन्त्री र सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन् । संसदीय दल पदाधिकारी बैठकले १५ दिनको तलब दिने निर्णय गरेको प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले जानकारी दिए ।
`भूकम्पका कारण परेको क्षतिप्रति हाम्रो गहिरो दुख छ । यस घडीमा पुनः स्थापनाका लागि हाम्रो पनि भूमिका रहनुपर्छ,´ उनले भने, `पहिलो चरणमा १५ दिनको तलब दिने निर्णय गरेका छौँ ।´
यो निर्णयले ७ लाख हाराहारी सहयोग पुग्छ । यहाँ कांग्रेसका २७ सांसद छन् । तीमध्ये ४ जना मन्त्री, २ जना समिति सभापति छन् । पदाधिकारीको तलब फरक छ भने सांसदहरूको तलब ५४ हजार २ सय छ ।
सांसद डिल्लीराम सुवेदीले भने १ महिनाकै तलब दिने घोषणा गरिसकेका छन् । एमालेले भने ७ दिनको तलब दिने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण