गण्डकी : कांग्रेसका मन्त्री र सांसदले १५ दिनको तलब भूकम्प पीडितलाई दिने
मङ्गलबार, २१ कात्तिक २०८०, १३ : २४

पोखरा । गण्डकी प्रदेशका कांग्रेसका मन्त्री र सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन् । संसदीय दल पदाधिकारी बैठकले १५ दिनको तलब दिने निर्णय गरेको प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले जानकारी दिए ।
`भूकम्पका कारण परेको क्षतिप्रति हाम्रो गहिरो दुख छ । यस घडीमा पुनः स्थापनाका लागि हाम्रो पनि भूमिका रहनुपर्छ,´ उनले भने, `पहिलो चरणमा १५ दिनको तलब दिने निर्णय गरेका छौँ ।´
यो निर्णयले ७ लाख हाराहारी सहयोग पुग्छ । यहाँ कांग्रेसका २७ सांसद छन् । तीमध्ये ४ जना मन्त्री, २ जना समिति सभापति छन् । पदाधिकारीको तलब फरक छ भने सांसदहरूको तलब ५४ हजार २ सय छ ।
सांसद डिल्लीराम सुवेदीले भने १ महिनाकै तलब दिने घोषणा गरिसकेका छन् । एमालेले भने ७ दिनको तलब दिने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता