मोटरसाइकल र ट्याक्सी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । धादिङ र बागलुङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
धादिङको निलकण्ठ नगरपालिका-९ तिनघरेमा पाल्पा भञ्ज्याङबाट धादिङबेशीतर्फ आउँदै गरेको बा.प्र.०२-००४ प ४०७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीय राम बहादुर मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि मेडिकेयर अस्पताल चाबहिल पठाइएको छ ।
यता बागलुङको ढोरपाटन नगरपालिका-२ मलकटिबाङस्थित सडकमा भिमगिठ्ठेबाट बुर्तिबाङतर्फ जाँदै गरेको ध.१ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका-२ पाखुटे बस्ने २८ वर्षीय होम बहादुर पुन र ट्याक्सीमा सवार बडिगाड गाउँपालिका-६ छिसफाट बस्ने ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण