फोटो खिच्ने क्रममा भारतीय पर्यटकको डुबेर मृत्यु
मङ्गलबार, २१ कात्तिक २०८०, १६ : ३४
काठमाडौँ । नेपाल घुम्न आएकी एक भारतीय पर्यटकको फोटो खिच्ने क्रममा चिप्लिएर ड्याममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश मगहर काजीपुर घर भएकी २० वर्षीया शाहिस्ता प्रबिन रहेकी छन् ।
फोटो खिच्ने क्रममा चिप्लिएर पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्याममा डुबेर घाइते भएकी थिइन् । उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता कञ्चनपुरको बेलौरी नगरपालिका-९ डाँडाकुन्डास्थित नहरमा डुबेर सोही ठाउँस्थित मामाघरमा दशैंदेखि बस्दै आएका सुक्लाफाँटा नगरपालिका-७ बस्ने केसब बोहराको छोरा ७ वर्षीय एलेक्स बोहराको मंगलबार दिउँसो मृत्यु भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण