बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

फोटो खिच्ने क्रममा भारतीय पर्यटकको डुबेर मृत्यु

मङ्गलबार, २१ कात्तिक २०८०, १६ : ३४
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । नेपाल घुम्न आएकी एक भारतीय पर्यटकको फोटो खिच्ने क्रममा चिप्लिएर ड्याममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश मगहर काजीपुर घर भएकी २० वर्षीया शाहिस्ता प्रबिन रहेकी छन् ।

फोटो खिच्ने क्रममा चिप्लिएर पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्याममा डुबेर घाइते भएकी थिइन् । उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता कञ्चनपुरको बेलौरी नगरपालिका-९ डाँडाकुन्डास्थित नहरमा डुबेर सोही ठाउँस्थित मामाघरमा दशैंदेखि बस्दै आएका  सुक्लाफाँटा नगरपालिका-७ बस्ने केसब बोहराको छोरा ७ वर्षीय एलेक्स बोहराको मंगलबार दिउँसो मृत्यु भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप