विश्व बजारमा तेलको भाउ घटेर साढे २ महिनायताकै न्यूनस्तरमा ओर्लियो
लन्डन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेर साढे २ महिनायताकै न्यूनस्तरमा ओर्लिएको छ । विश्वका ठूलो तेल उत्पादक देशहरू साउदी अरब र रुसले तेलको भाउलाई टेवा दिन उत्पादन कटौतीलाई लम्ब्याउने निर्णयको प्रभावलाई चीनबाट आएको मिश्रित आर्थिक तथ्याङ्कले उल्ट्याइदिँदा मंगलबार विश्व बजारमा तेलको भाउ रातोमा आएको हो ।
लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ २ प्रतिशत भन्दा धेरेले घटेर ८३ डलर २५ सेन्टसम्म आएको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ४ः३० बजेतिर ब्रेन्ट क्रुड अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव ८७ प्रतिशतले घटेर प्रतिब्यारेल ८३ डलर ५९ सेन्टमा आएको थियो ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सस इन्टरमिडियटको भाउ २ प्रतिशतभन्दा धेरैले घटेर न्यूनतम प्रतिब्यारेल ७८ डलर ९७ सेन्टमा आएको थियो । यो समाचार तयार पार्दाखेरि डब्ल्यूटीआई फयूचर्स १ दशमलव ७६ प्रतिशतको कमीसहित ७९ डलर ४० सेन्टमा किनबेच भइरहेको थियो । मंगलबार ब्रेन्ट र डब्ल्यूटीआई दुबैको भाउ अगष्टको अन्त्ययताकै न्यून स्तरमा आएका थिए ।
अक्टोबरमा चीनको आयात वार्षिक र मासिक आधारमा बढेको भएपनि निर्यात निर्यात भने अपेक्षाकृत तीव्र गतिमा खुम्चिएको तथ्याङ्कले देखाएको थियो । कच्चा तेलको सबैभन्दा ठुलो आयातकर्ता र दोस्रो ठुलो प्रशोधनकर्ता देश हो चीन । चीनको आर्थिक गतिविधि सुस्ताएको वा सुस्तीको सङ्केतले विश्वको तेल बजार तरङ्गित हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर