इतिहासमा ५ पटक रिलिज भएको एउटै फिल्म
नयाँ दिल्ली । २५ वर्षअघि भारतमा एउटा ब्लकबष्टर फिल्म रिलिज भएको थियो । यो फिल्म दिलवाले दुल्हनिया ले जाएंगे, गदर र मुगल–ए–आजमकै स्तरको फिल्म थियो ।
यो फिल्मको क्रेज यस्तो थियो कि निर्माताहरुले यो फिल्म ५ पटक रिलिज गरेका थिए । सिनेमा इतिहासको यो दूर्लभ घटना थियो । आमिर खानको यो फिल्मले उनको शुरुआती करियरका २५ फिल्मले भन्दा दुई गुणाभन्दा धेरे कमाई गरेको थियो ।
यो फिल्म थियो सन् १९९६ मा रिलिज भएको राजा हिन्दुस्तानी । यो फिल्मको नाम अहिले पनि डीडीएलजे, गदर जस्ता बलिउडको अल–टाइम हिट फिल्ममा आउँछ । यो फिल्मको पाँच ओटा रिलिज डेट थियो । अर्थात् यो फिल्म ५ पटक रिलिज भएको थियो । देश दुनियाँमा फरक फरक ५ मितिमा रिलिज भएको यो इतिहासकै पहिलो फिल्म भएको फिल्मका निर्देशक धर्मेश दर्शनले भनेका थिए ।
फिल्म नोभेम्बर ११ मा केही ठाउँमा रिलिज भएको थियो । प्रदर्शकहरुले सोमबार पनि रिलिज गर भन्दै माग गर्न थाले । फिल्मको क्रेज बढ्दै गयो । मंगलबार अरु सिनेमा हलहरुमा फिल्म रिलिजको माग आउन थाल्यो । राजश्री र यश चोपडा फिल्मको रिलिजमा ध्यान दिइरहेका थिए । फिल्म बुधबार र बिहीबार अरु ठाउँमा पनि रिलिज भयो । यसरी यो फिल्म एक हप्तामै ५ भिन्दा भिन्दै दिनमा फरक फरक ठाउँमा रिलिज भयो ।
यो फिल्मको गीत निकै चर्चित भएका थिए । करिष्मा कपुर र आमिर खानको जोडीलाई पनि निकै रुचाइयो । यो फिल्म दुबैको करियरको सबैभन्दा ठुलो हिटमध्येमा पर्दछ । बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार राजा हिन्दुस्तानी ५ करोड ७५ लाख रुपयाँमा बनेको थियो ।
फिल्मले संसारभरमा ७६ करोड ३४ लाख रुपैयाँको व्यापार गरेको थियो । धर्मेश दर्शनले करियरमा जम्मा ७ फिल्म निर्देशन गरेका थिए । यीमध्ये राजा हिन्दुस्तानी सबैभन्दा ठुलो हिट थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण