फोन नम्बर नभएपनि ह्वाट्सएपमा लगइन गर्न सकिने
काठमाडौँ । अहिलेसम्म ह्वाट्सएपमा लगइन गर्न प्रयोगकर्ताले आफ्नो मोबाइल फोन नै प्रयोग गर्नुपथ्र्यो । तर छिटै नै नयाँ विकल्प पाइँदैछ । नयाँ विकल्पले प्रयोगकर्तालाई ई–मेलमार्फत लगइनको विकल्प दिइनेछ ।
अहिले यो फिचर बिटा टेष्टिङमा छ । केही एन्ड्रोइड प्रयोगकर्तालाई मात्रै यो सुविधा दिइएको छ । टेष्टिङ सम्पन्न भएपछि सबै प्रयोगकर्तामाझ यो फिचर लञ्च गरिने बताइएको छ ।
नयाँ विकल्पलाई लग–इन गर्ने अर्को तरिका मानिनेछ । ह्वाट्सएपका केही प्रयोगकर्ता बीटा प्रयोगकर्ताले आफ्नो एकाउन्टलाई इमेलसँग लिंक गर्ने विकल्प पाएको स्याम मोबाइलले बताएको छ ।
इमेल एड्रेस भेरिफाइ गर्नुपर्ने
विभिन्न सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार प्रयोगकर्ताले आफ्नो एकाउन्ट सेट गर्न इमेल एड्रेस भेरिफाई गर्नु पर्नेछ । आफ्नो खातालाई स्थापित गर्न विफल भएमा चेतावनी संकेत देखिनेछ । लिंक गरिएको इमेलमा फेरि पठाउन अतिरिक्त भेरिफाई इमेल बटन पनि छ ।
प्रयोगकर्ताले एसएमएसमा भेरिफिकेशन कोड पाउन नसक्ने वा साथमा रिजष्टर्ड फोन नम्बर नभएको स्थितिमा इमेल एड्रोसको सुविधाले ब्याकअपको काम गर्नेछ । एन्ड्रोइड प्रयोगकर्तालाई पासकिज प्रयोग गर्न आफ्नो एकाउन्टमा पहुँचको अनुमति दिने ह्वाट्सएपले गएको महिना नै बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण