चाडपर्वमा पटाका नपड्काउन धनुषा प्रशासनको आग्रह
मङ्गलबार, २१ कात्तिक २०८०, २० : ५२
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले दीपावली र छठ पर्वमा पटाका नपड्काउन अनुरोध गरेका छन् ।
मंगलबार एक सूचना जारी गर्दै प्रशासनले चाडपर्वको समयमा पटाका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थहरु नपड्काउन तथा बिक्री वितरण समेत नगर्न आग्रह गरेको हो ।
प्रशासनले सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरू गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । यस्तै प्रशासनले जुवा, तास नखेल्न र नखेलाउन समेत आग्रह गरेको छ ।
मर्यादित रुपमा चाडपर्व मनाउन अनुरोध गर्दै प्रशासनले नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्नुपर्ने बताएको छ । यस्तै प्रशासनले देउसी भैलो नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरू राती १० बजेसम्म मात्रै गर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण