चाडपर्वमा पटाका नपड्काउन धनुषा प्रशासनको आग्रह
मङ्गलबार, २१ कात्तिक २०८०, २० : ५२

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले दीपावली र छठ पर्वमा पटाका नपड्काउन अनुरोध गरेका छन् ।
मंगलबार एक सूचना जारी गर्दै प्रशासनले चाडपर्वको समयमा पटाका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थहरु नपड्काउन तथा बिक्री वितरण समेत नगर्न आग्रह गरेको हो ।
प्रशासनले सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरू गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । यस्तै प्रशासनले जुवा, तास नखेल्न र नखेलाउन समेत आग्रह गरेको छ ।
मर्यादित रुपमा चाडपर्व मनाउन अनुरोध गर्दै प्रशासनले नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्नुपर्ने बताएको छ । यस्तै प्रशासनले देउसी भैलो नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरू राती १० बजेसम्म मात्रै गर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
-
६ महिनापछि घर फर्किए तिङ्करवासी
-
कृषि मन्त्रीका ११ महिना, दुध किसानले अझै पाएनन् भुक्तानी
-
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
-
भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु
-
सरकारको नीति तथा कार्यक्रम र बजेटप्रति समाजवादी पार्टीको असन्तुष्टि