सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अपहरण गरी तमसुकमा सहिछाप, प्रहरीले उजुरी दर्ता नगरेको पीडितको गुनासो

मङ्गलबार, २१ कात्तिक २०८०, २२ : ३९
मङ्गलबार, २१ कात्तिक २०८०

जनकपुरधाम । धनुषामा अपहरण गरेर कागजमा सहीछाप गराएको आरोप लगाइएको छ । धनुषा हँसपुर नगरपालिका ४ मनिपट्टीका रामअशिष दासले आफूलाई औरही नगरपालिका १ पौडेश्वका रामविलास दास कथवनियासहितका व्यक्तिहरुले अपहरण गरेर कुटपिट गर्दै तमसुकमा सहीछाप गराएको आरोप लगाएको हुन् । 

जनकपुरधामस्थित पुलचोकमा पसल व्यवसाय गरिरहेका दासले आफूसँग गत वैशाख २५ गते अपहरण गरेर बलजफ्ती कपाली तमसुक बनाएको आरोप लगाएका छन् । उनले घटनामा प्रहरी प्रशासनले असहयोग गरेको आरोप समेत लगाए ।

पीडितले मंगलबार पत्रकार सम्मेलन गरी आफूलाई अपहरण गरेर करिब १५/२० वटा कागजमा सहीछाप गराएको बताए ।

उनले औरही गाउँपालिकाका १ पौडेश्वरका रामविलाश दास कथवनिया, इन्द्रकुमार दास र उनका छोरा रामकुमार दास लगायतका चिन्न नसकेको व्यक्तिले अपहरण गरेको बताए । अपहरणमा परेको दोस्रो दिन कपिलेश्वर प्रहरीमा उजुरी दिएपनि प्रहरीले बेवास्ता गरेको दासले बताए । त्यसपछि  जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराउन पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको उनले बताए । 

उनले जिल्ला सरकारी वकिल कार्यालयले आवश्यक कारवाहीका लागि जाहेरी दरखास्त पठाउँदा पनि प्रहरीले कुनै चासो नदिएको बताए ।     

उनले हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, जिल्ला तथा उच्च सरकारी वकिल कार्यालय, प्रदेश गृह मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रहरी कार्यालय, मुख्यन्यायधिवक्ताको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र संघीय गृह मन्त्रालयमा उजुरी दर्ता गराएको बताए ।  

 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप