अपहरण गरी तमसुकमा सहिछाप, प्रहरीले उजुरी दर्ता नगरेको पीडितको गुनासो
जनकपुरधाम । धनुषामा अपहरण गरेर कागजमा सहीछाप गराएको आरोप लगाइएको छ । धनुषा हँसपुर नगरपालिका ४ मनिपट्टीका रामअशिष दासले आफूलाई औरही नगरपालिका १ पौडेश्वका रामविलास दास कथवनियासहितका व्यक्तिहरुले अपहरण गरेर कुटपिट गर्दै तमसुकमा सहीछाप गराएको आरोप लगाएको हुन् ।
जनकपुरधामस्थित पुलचोकमा पसल व्यवसाय गरिरहेका दासले आफूसँग गत वैशाख २५ गते अपहरण गरेर बलजफ्ती कपाली तमसुक बनाएको आरोप लगाएका छन् । उनले घटनामा प्रहरी प्रशासनले असहयोग गरेको आरोप समेत लगाए ।
पीडितले मंगलबार पत्रकार सम्मेलन गरी आफूलाई अपहरण गरेर करिब १५/२० वटा कागजमा सहीछाप गराएको बताए ।
उनले औरही गाउँपालिकाका १ पौडेश्वरका रामविलाश दास कथवनिया, इन्द्रकुमार दास र उनका छोरा रामकुमार दास लगायतका चिन्न नसकेको व्यक्तिले अपहरण गरेको बताए । अपहरणमा परेको दोस्रो दिन कपिलेश्वर प्रहरीमा उजुरी दिएपनि प्रहरीले बेवास्ता गरेको दासले बताए । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराउन पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको उनले बताए ।
उनले जिल्ला सरकारी वकिल कार्यालयले आवश्यक कारवाहीका लागि जाहेरी दरखास्त पठाउँदा पनि प्रहरीले कुनै चासो नदिएको बताए ।
उनले हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, जिल्ला तथा उच्च सरकारी वकिल कार्यालय, प्रदेश गृह मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रहरी कार्यालय, मुख्यन्यायधिवक्ताको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र संघीय गृह मन्त्रालयमा उजुरी दर्ता गराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण