बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
चीनले नेपाललाई हस्तान्तरण गर्‍यो राहतका सामान (तस्बिरहरू)

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो राहतका सामान (तस्बिरहरू)

बुधबार, २२ कात्तिक २०८०

पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित आज हस्तान्तरण भएको छ । 

चिनियाँ राजदूत छन सोङले आज पोखरा विमानस्थलमा उक्त राहत समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हस्तान्तरण गरेका हुन् ।  चीन सरकारबाट उच्च क्वालिटीको सामान हस्तान्तरण भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सो क्रममा चीनले नेपाली २८ करोड बराबरको सामान हस्तान्तरण गरेको बताइएको छ ।  ४६०० थान ब्ल्याङकेट र ६०० थान पाल राहत सामग्रीमा समावेश छन् । 

राहत सामग्री बोकेका दुई चिनियाँ जहाज बिहान पोखरा विमानस्थलमा अवतरण भएका थिए । यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया