‘म्याक्सवेल म्याजिक’ बारे विराट कोहली भन्छन्- ‘यस्तो कमाल तिमीबाहेक अरू कसैले गर्न सक्दैन’

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटको मंगलबार राति सम्पन्न अफगानिस्तानविरुद्धको खेलमा गरेको अविश्वासिलो ब्याटिङको प्रसंगलाई लिएर प्रभावशाली भारतीय क्रिकेटर विराट कोहलीले अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलको विषयमा छोटो तर, सटिक प्रतिक्रिया दिएका छन् ।
मुम्बईस्थित वानखेड स्टेडियममा मंगलबार राति अफगानिस्तानले दिएको दुई सय ९२ रनको विजय लक्ष्य पछ्याउँदै अस्ट्रेलिया जवाफी ब्याटिङमा ओर्लिएको थियो । खेलको प्रारम्भमा अत्यन्तै निरीह अवस्थामा रहेको अस्ट्रेलियाले केवल ९१ रनको कुल स्कोरमा सात प्रभावशाली विकेट गुमाइसकेको थियो ।
त्यतिबेलासम्म अस्ट्रेलिया हारको सघारमा पुगिसकेको थियो । क्रिजमा थिए, छैठौँ नम्बरका ब्याट्सम्यान ग्लेन म्याक्सवेल र कप्तान प्याट कुमिन्स । तर, ३५ वर्षीय म्याक्सवेल आफै घाइते अवस्थामा थिए । केही दिनअघि गल्फ खेल्नेक्रममा उनलाई चोट लागेको थियो ।
सोही कारणले उनले इङ्ल्यान्डविरुद्धको खेल पनि गुमाएका थिए । त्यसैले मंगलबार अफगानिस्तानविरुद्ध उनले गतिलो प्रदर्शन गर्नेमा कोही पनि विश्वस्त थिएन । तर त्यो खेलमा म्याक्सवेलले जे गरेर देखाए त्यो विश्व क्रिकेटका थुप्रै हस्तीहरुकै लागि पनि अविश्वासिलो थियो ।
त्यो खेलमा म्याक्सवेलले थुप्रै कीर्तिमानबिच अविजित रहँदै दोहोरो शतक प्रहार गर्दै अस्ट्रेलियालाई तीन विकेटको जित दिलाएका थिए । जितसँगै अस्ट्रेलिया जारी विश्वकपको सेमिफाइनलमा पुग्ने तेस्रो टोली पनि बनेको थियो ।
म्याक्सवेलले केवल एक सय २८ बलको सामना गरी १० छक्का र २१ वटा चौका प्रहार गरेका थिए । कप्तान कुमिन्सले पनि म्याक्सवेलले गतिलो साथ दिँदै ६८ बलमा अविजित १२ रन बनाएका थिए । त्यही अविश्वासिलो प्रदर्शनका लागि यतिबेला विश्वभरका क्रिकेट खेलाडी र खेलप्रेमीबाट उनले प्रशांसा बटुलिरहेका छन् ।
यसैक्रममा भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले पनि ‘म्याक्सवेल म्याजिक’ को विषयमा छोटो तर सटिक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत म्याक्सवेललाई बधाइ दिँदै कोहलीले भनेका छन्, ‘यस्तो कमाल तिमीवाहेक अरु कसैले गर्न सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
संसद्मा थिङको नियमापत्ति : मानवतस्करी भनेर कसलाई भन्न खोजिएको हो ? पुष्टि गर्न सकिन्छ ?