मधेस प्रदेशमा जसपाको प्रशिक्षक प्रशिक्षण शिविर सम्पन्न
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेशमा प्रशिक्षक प्रशिक्षण शिविर सम्पन्न भएको छ । सिरहाको लाहानमा सोमबारदेखि सुरु भएको तिन दिने प्रशिक्षण शिविरमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले प्रशिक्षण दिएका थिए ।
पार्टी अध्यक्ष यादवले वैचारिक, सैद्धान्तिक विषयका साथै नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिए । त्यस्तै अर्का प्रशिक्षकको रुपमा रहेका नेता राउतले मधेस जनविद्रोह, चुनौती र प्राप्त उपलब्धिका विषयमा प्रशिक्षण दिएका थिए ।
मधेस प्रदेश समितिको पार्टी स्कुल तथा प्रशिक्षण विभागको आयोजनामा गरिएको उक्त प्रशिक्षणमा पार्टीका केन्द्रीय कार्यकारिणी समितिदेखि स्थानीय तहसम्मका पार्टी सदस्य, जनप्रतिनिधि र भ्रातृसंगठनका प्रतिनिधि गरी एक सय साठी जना सहभागी रहेको मधेस प्रदेशका पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख रामपृत पासवानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण