उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित
काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मङ्सिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) का लागि तय भएको भ्रमण स्थगित गरेका छन् ।
दुबईमा आयोजना हुन लागेको १८ औँ दुबई एयर सो, २०२३ मा भाग लिन युएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युएई जाने कार्यक्रम तय भएको थियो । यसका लागि यही कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणको स्वीकृति समेत दिएको थियो ।
तर यही कात्तिक १७ गते शुक्रवार राति जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गर्नुभएको रक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“भूकम्प गएपश्चात् जाजरकोट र रुकुम पश्चितलगायतका क्षेत्रमा ठुलो धनजनको क्षति भएको र प्रभावितहरूको उद्धार, राहत र पुनः स्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयम् निरन्तर क्रियाशील रहनुभएकाले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित युएई भ्रमण रद्द गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण