छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ जगदम्बा फ्याक्ट्रीमा सरसफाइको काम गर्ने सोही उपमहानगरपालिका-२ प्रभास टोल बस्ने २३ वर्षीय उज्ज्वल कार्कीको लहरीको ठक्करबाट बुधबार दिउँसो मृत्यु भएको छ । फ्याक्ट्रीमा सामान लिन आएको प्र ०२-०३-००१ ख ५९६ नम्बरको लहरीको ठक्करबाट गम्भीर घाइते भएका उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता बाँकेको कोहलपुर नगरपालिका-११ कृषि चोकमा सु.प.प्र.०१००१ ख २४३२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसै गरी मकवानपुरको मनहरि गाउँपालिका-३ घट्टेदमारस्थित सडकमा ना.२५ प ६९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ डोटे बस्ने २७ वर्षीय सञ्जीव बलको मृत्यु भएको छ । बुधबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हेटौँडामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण