आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलसँग सीपीसी तिब्बतका सचिव वाङको भेटवार्ता

बिहीबार, २३ कात्तिक २०८०, १६ : २६
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङले भेटवार्ता गरेका छन् ।  वाङले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपतिसँगको भेटवार्तामा नेपाल चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसक्रममा राष्ट्रपति पौडेलले गत साता जाजरकोट केन्द्रबिन्दु भएको गएको भूकम्पमा जनधनको क्षति हुँदा चीन सरकार र त्यहाँका जनताले गरेको सहयोगका लागि आभार व्यक्त गरेका छन् ।

वाङले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । वाङ बुधवार नेपाल आएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप